स्वास्थ्य र शिक्षामा काठमाडौंका मेयर बालेनको ‘फोकस’ 


काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को ‘फोकस’ स्वास्थ्य र शिक्षामा देखिएको छ । बालेनले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा देखिएका बेथिति सुधार्न खोजेका छन् ।

स्कुलमा ‘बुक होलिडे’देखि अस्पतालमा विभिन्न र लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य उपचार गराउने व्यवस्था कार्यान्वयन गर्न बालेन सक्रिय भएका छन् । उनको मुख्य मिसन नै स्वास्थ्य र शिक्षामा सुधार, फोहोर व्यवस्थापन र सार्वजनिक/ सरकारी जग्गा संरक्षण रहेको छ ।

बालेनका मुख्य सल्लाहकार कुमार बेनका अनुसार अबको ६ महिना उनको मुख्य ‘फोकस’ स्वास्थ्य र शिक्षामा हुनेछ । यी क्षेत्रमा ‘सिस्टम’ बसालेर छाड्ने अठोटका साथ बालेनले भित्रभित्रै काम गरिरहेका छन् ।

स्वास्थ्य र शिक्षामा सिस्टम बसालेपछि थप मेहनत गर्नु नपर्ने बालेनको बुझाइ छ । स्वास्थ्य र शिक्षामा अहिले भएकै सिस्टम कार्यान्वयन नभएपछि बालेन तातेका हुन् । स्वास्थ्य, शिक्षा, सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्द्धन र फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका बढी केन्द्रित रहेको पाइन्छ ।

बालेनको भिजन र मिसन अनुसार वडाको संरचना चल्न नसकेको भने प्रस्टै देखिन्छ । बालेनले स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि नयाँ-नयाँ कार्यक्रम लागू गर्न खोजिरहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com