विद्यार्थीलाई लागू औषधविरुद्धको क्लास नदिए कारबाही गर्ने हर्कको चेतावनी


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले स्कुले विद्यार्थीलाई लागू औषधविरुद्धको क्लास नदिए कारबाही गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

मेयर साम्पाङले क्लास दिए/नदिएको अनुगमन गरिने र नदिएको भए कारबाही गर्ने स्पष्ट पारेका छन् । ‘प्रत्येक शुक्रबार स्कूलका केटाकेटीलाई लागू औषधविरुद्ध १ घण्टा क्लास दिएको छ छैन अब अनुगमन गरिनेछ ! दिएको छैन भन्ने बुझिए कारबीही गरिनेछ ! जय धरान !’, उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।

मेयर साम्पाङ हरेक शुक्रबार सुधारबार भन्दै लागू औषधविरुद्ध धरानका चोक-चोकमा पुगेर जनचेतना फैल्याउँदै आएका छन् । उनले अब यो विषयमा स्कुलले केटाकेटीलाई क्लास दिनुपर्नेमा जोड दिएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##धरान, #धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ राई, #लागू औषध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com