न्याम्स उपकुलपतिको २४ घण्टे निर्णय, मन्त्रीले १०० दिनमा नगरेको काम २४ घण्टामा गरे 


काठमाडौं ।  काम गर्ने व्यक्तिलाई जनताको हितमा निर्णय गर्न र गराउँन कुनै समय लाग्दैन । यो उदाहरण अहिले चिकित्सा विज्ञान र राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्यका जिम्मेवारी सम्हालेको तीन महिना पुरा हुँदा पनि गर्न नसकेको काम नवनियुक्त उपकुलपति प्राध्यापक डा भुपेन्द्र बहादुर बस्नेतले २४ घण्टामा गरेका छन् । उनले अस्पतालका ७ सय शय्या पूर्ण रुपमा निशुल्क गराएका छन् । तर, यसको जस हालका मन्त्री मोहन बहादुर बस्नेतले जवरजस्त लिन खोजेका छन् । 

सरल र सबैका प्रिय भएकै कारण बस्नेत न्याम्सको उपकुलपति बनेका हुन् । बस्नेत एक मात्र यस्ता पात्र हुन वीरमा उनलाई बाहेक अरुलाई सहजै स्वीकार्न कर्मचारी संगठन तयार हुदैनन् । यही कारण पनि बस्नेतले भुइँमान्छेको पहुँचमा सेवा पुर्याउने उद्देश्यले २४ घण्टा भित्र महत्वपूर्ण निर्णय गराएका हुन् । हुन त वीरको सात सय शय्या निशुल्क गर्न कुनै नयाँ र नौलो कुरा थिएन । 

वीर अस्पतालको कार्यकारी अधिकारी बस्नेत हुँदा पनि सबै शय्या निशुल्क थिए । सरकारी अस्पतालको शय्या निशुल्क हुने नै हो । तर, डा बस्नेत अस्पतालको कार्यकारी अधिकारीबाट हटेपछि नयाँ नेतृत्वले सबैमा पैसा लाग्ने बनाएको थियो । वीर अस्पतालको कुल शय्या ९ सय ५० रहेको छ । जसमा १० प्रतिशत अर्थात २५० निशुल्क बनाएर ९० प्रतिशत अर्थात ७ सय शय्यामा रकम लिन थालिएको थियो । 

हालका उपकुलपति बस्नेतले चाहेर पनि नेतृत्वमा नहुदाँ बढेको शुल्क घटाउन सकेका थिएनन् । उनले पटक पटक मिडियामा भन्दै आएका थिए, दुवाकोटमा अस्पताल चलाउने र वीरका शय्या पुन निशुल्क गराउँने मेरो पहिलो कदम हुने छ । उनले जे भने त्यो २४ घण्टामा पुरा गरेर छाडेका छन् । अब दुवाकोट कसरी अगाडि बढाउँछन् त्यो उनको कार्यशैलीले स्पष्ट पार्ने छ । 

बस्नेत भन्छन्, वीरका शय्यामा पैसा लाग्दैन थियो । तर, नेतृत्व परिवर्तनसँगै बिचमा लाग्ने बनाएको थियो । उनका अनुसार प्रति शय्या एक रातको २ सय लिने निर्णय भएको थियो । आफू नेतृत्वमा नहुदाँ परिवर्तन गर्न सक्ने अवस्था थिएन अहिले नेतृत्वमा आए र यसलाई पुरानै अवस्थामा फर्काए उनले स्वास्थ्य लाइभसँग भने । डा बस्नेतले आफू नेतृत्वमा रहँदा ४२ बेडको इमर्जेन्सी बनाएका थिए । तर, बिचमा १० बेड घटाइयो । उनले हिसाब नै गरेर बसेका थिए ९० प्रतिशत बेड निशुल्क गर्दा विगतमा झै वर्षमा ७ करोड रुपैयाँ आर्थिक भार थपिने हो । जनताले २ हजार तिर्न सक्दैनन् तर, राज्यका लागि ७ करोड ठुलो कुरा हैन भनेरै उनले तत्काल यसलाई पुरानै अवस्थामा ल्याएका हुन् । 

त्यति मात्र हैन बस्नेतले उपकुलपति हुनु अगावै भित्रभित्रै जनमुखी काम गरेका थिए । ०७८ साउन १९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले बस्नेतलाई वीर अस्पताल अर्थात युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए ।

बस्नेत निर्देशकबाट हटेपछि उनले आफ्नो कार्यकालमा गरेका मध्ये केही जनमुखी काम गरे । पूर्व कार्यकारी अधिकारी डा. बस्नेतले आफ्नो कार्य अवधिमा सबैभन्दा राम्रो काम गरेको क्याथ ल्याब जडान हो । २० वर्षदेखि बन्द रहेको क्याथ ल्याब सेवा यस बिचमा सञ्चालनमा ल्याए । जसले निजीबाट महँगो सेवा लिन बाध्य भुईँ मान्छेलाई ठूलो राहत मिलेको छ । 

कमिसन र आफूलाई ठेक्का नदिए पछि केही माफिया हातै धोएर उनको विरोध गर्न लागेका छन् । विरोध गरेर कत्ति पनि थाकेका छैनन् । हुनत समाजमा काम गर्नेहरूकै विरोध हुने हो । नयाँ सर्जिकल भवन बनाएर पनि सञ्चालनमा ल्याउन सकेको थिएन । बस्नेतले यसलाई सञ्चालन गरेर देखाएका छन् । तर, व्यापक जनशक्तिको अभावले सेवाको गुणस्तरमा कमी ल्याएको छ । 

डा. बस्नेतले आईसीयूको बेड ह्वात्तै बढाएका छन् । नयाँ सर्जिकल भवनको सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याएका छन् । वर्षौँदेखि रोकिएको भत्ता कर्मचारीलाई खुवाए । जनरल वार्ड, ओ. टि. पोस्ट अपरेटिभ , आईसीयू, ब्लड बैँक, रेडियोलोजी सेवा, सिमुलेसन ल्याब, ओ. टि. तथा जनरल फार्मेसी सेवा सुरु गरे । 

अस्पतालमा भएका आठ ओटा अल्ट्रासाउन्ड मेसिनबाट हरेक दिन सेवा दिँदा बिरामीले पालो कुर्नुपर्ने र अनावश्यक दुःख भएको थियो । बिरामीलाई पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । बस्नेतले सर्जिकल भवनमा नयाँ आईसीयू थप गरी बिरामीलाई आईसीयू नपाउने अवस्थाको अन्त्य गरेका छन् । 

अस्पताल भित्र ४ वटा अस्पताल फार्मेसी राखेर सेवा विस्तार भएको छ । दाँत विभागमा २० वटा डेन्टल चियर थप गरेर सेवा विस्तार गरिएको डा. बस्नेतले बताए । हरेक दिन ओपिडी र ओ .टि. को व्यवस्था गरे । जसले गर्दा बिरामीलाई पालो कुर्ने समय छोटो गर्ने कोसिस गरियो ।

वीर अस्पतालले जनताको चाहना अनुसार डायलासिस सेवा विस्तार गरे । ओपन हर्ट अप्रेसन सुरु भयो । मिर्गौला प्रत्यारोपणलाई निरन्तरता दिएको छ । आँखा रोग, मानसिक रोग र स्त्री रोग ओपिडी सञ्चालनमा आएको छ । दुवाकोटमा एक्स रे र बिदासहित ओपिडी सेवा सञ्चालनमा आएको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com