नर्स रजनीलाई हराउँदै ठग अधिकारी बने टोखाको मेयर


काठमाडौं । नर्स रजनी थापालाई १ सय ७४ मतले हराउँदै काठमाडौंको टोखा नगरपालिकाको मेयरमा ठगी मुद्दामा जेल सजाय पाएका प्रकाश अधिकारी निर्वाचित भएका छन् ।

सहकारीमार्फत २ सयभन्दा बढी मान्छेलाई ठगेर एक महिना जेल सजाय पाएका ठग अधिकारी फेरि टोखा नगरपालिका मेयर बनेका हुन् । २०७५ सालमै एक महिना जेल सजाय पाएका ठग अधिकारी एक दिन पनि जेल बसेको रेकर्ड छैन ।

नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षको हैसियतमा मेयर पदमा उम्मेदवार अधिकारीले २ सय २ जना व्यक्तिलाई ठगी गरेको उच्च अदालत पाटनको ठहर छ ।

१ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरेको मुद्दामा जेल सजाय पाएका फरार अपराधी अधिकारी चुनाव जितेर टोखाको मेयर हत्याउन सफल भएका छन् । जेल सजाय भुक्तान नगरेको व्यक्तिलाई उम्मेदवारी दर्ता गराउन दिएर दण्डहिनताको प्रसय गरेको राज्य संयन्त्रमामाथि आरोप लाग्न थालेको छ ।

एक महिना जेल सजाय पाएका ठग अधिकारीले १० हजार ३ सय ४० मत ल्याएर टोखा नगरपालिकाको मेयरमा निर्वाचित भए । उनको निकटतम प्रतिद्वन्द्वी नर्स रजनी थापाले १० हजार १ सय ६६ मत प्राप्त गरेकी छिन् । सहकारीमार्फत आफूहरुलाई ठग्ने अधिकारीले नगरपालिकामार्फत जनता ठग्ने काम गरेको ‘ ठगी पीडितहरूको गुनासो छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #ठग, #ठगी मुद्दामा एक महिना जेल सजाय, #प्रकाश अधिकारी, #रजनी थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com