नर्स रजनीसँग ठग अधिकारी टोखा नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दै


काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नर्स रजनी थापा र ठगीमा एक महिना कैद सजाय पाएका व्यक्ति प्रकाश अधिकारीबीच मुख्य प्रतिस्पर्धा छ ।

टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले नर्स थापा र नेकपा एमालेले सहकारी ठग अधिकारीलाई अगाडि सारेको छ । नेपाली कांग्रेसबाट मेयरमा उठेकी रजनी थापा नर्सिङ पढेकी व्यक्ति हुन् । उनी सञ्चारकर्मी र रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत समाजसेवामा सक्रिय छिन् । रजनीले आँखाको स्वास्थ्य शिविर राखेर वर्षेनी सयौंको संख्यामा आँखा रोगीको उपचार गर्दै आएकी छिन् ।

यता नेकपा एमालेबाट टोखा नगरपालिकाको मेयरमा उठेका प्रकाश अधिकारीले सहकारीमार्फत २ सय २ जनालाई ठगेको फेला परेको छ । अधिकारी सहकारीबाट करोडौं ठगेर फरार रहेको तथ्य फेला परेको हो ।

नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षको हैसियतमा मेयर पदमा उम्मेदवार अधिकारीले २ सय २ जना व्यक्तिलाई ठगी गरेको उच्च अदालत पाटनको ठहर छ ।  अधिकारीसहितका व्यक्तिहरुले ती व्यक्तिहरुबाट १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरेको अदालतले ठहर गरेको हो ।

एमालेले सहकारी ठगलाई टोखा नगरपालिकाको मेयरमा उठाएको भन्दै पीडितहरुले असन्तुष्टि व्यक्त गरेका छन् । ठगी गरेको ठहर भएका फरार अपराधी अधिकारीलाई प्रहरीले समेत बेवास्ता गरेर खुलेआम हिँड्न दिएको पीडितहरुको गुनासो छ । सहकारी ठगीमा जेल जानु पर्ने मान्छे टोखाको मेयर बन्न खोजेको भन्दै पीडितहरु आक्रोशित बनेका छन् । तर प्रहरी प्रशासन भने आँखा चिम्लेर बसेको छ ।

२०७५ फागुन १९ गते उच्च अदालतले एक महिना कैद सजाय तोकेका ठग अधिकारी कैद सजाय भुक्तान नगरी मेयरमा लडेका छन् । अदालतले गठी गरेको फैसाला गर्दा अधिकारी टोखा नगरपालिकाको मेयरको हैसियतमा कार्यरत थिए । उनै ठग अधिकारी फेरि मेयरमा उठेको देखिन्छ । अदालतको फैसला अनुसार एक महिना जेल र ठगेको पैसा फिर्ता गर्नुपर्नेमा उनी फरार रहेर मेयरमा उम्मेदवारी दिन सफल भएका छन् ।

अदालतले ठगी गरेको ठहर गरेका अधिकारीलाई मेयरमा टिकट दिएर नेकपा एमालेले विधिको शासनको खिल्ली उडाएको देखिन्छ ।

 

 

क्याटेगोरी : प्रदेश, सुशासन
ट्याग : ##नर्स, #एमाले-कांग्रेस, #टोखा नगरपालिका, #ठग, #प्रकाश अधिकारी, #मेयर उम्मेदवार, #रजनी थापा, #सहकारी ठगी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com