जापानमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन हुँदै 


टोकियो । पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन टोकियोमा हुने भएको छ । सेप्टेम्बर १५ देखि १७ सम्म हुने सम्मेलनमा नेपाली मूलका स्वास्थ्यकर्मीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । 

सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने उद्देश्यका साथ पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलनमा वैज्ञानिक प्रस्तुति गर्न चिकित्सक, नर्स, जनस्वास्थ्य व्यवसायी, अनुसन्धानकर्ता, विद्वान, विद्यार्थी, स्वास्थ्य नीति, स्वास्थ्य सूचना विज्ञान, स्वास्थ्य –अर्थशास्त्र, स्वास्थ्य अधिवक्ता र सर्वसाधारणलाई आमन्त्रण गरिएको छ । 

जापानमा हुने सम्मेलनमा प्रवासी र नेपाली मूलका मानिसहरूको स्वास्थ्यमा सुधार सम्बन्धी विषयहरूलाई विश्वव्यापी रूपमा उठाइने छ । आयोजकले कुनै पनि देशमा रहेका नेपालीलाई कार्यपत्र पेश गर्न खुला गरिएको जनाएको छ । यसका लागि सार शब्दको सिमा २५० राखिएको छ । पेश गर्ने अन्तिम मिति जुलाई १, २०२३ सम्म छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com