स्वास्थ्य लाइभ फलोअप

कोरोनाकालामा धोबीखोलाको जग्गा हिनामिना गर्न वडाध्यक्ष ढकाल संलग्न रहेको अख्तियारको प्रारम्भिक निष्कर्ष


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोनाकालामा धोबीखोलाको सरकारी जग्गा हिनामिना गर्न काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाल संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । अख्तियारले उक्त विषयमा विस्तृत छानबिन सुरु गरेको हो ।

अख्तियार उच्च स्रोतका अनुसार अख्तियारको छानबिनमा वडाध्यक्ष ढकालले धोबीखोलाको सरकारी जग्गा नक्कली गुठीमा लगेर मोही खडा गर्न सिफारिस गरेको प्रारम्भिक निष्कर्ष निस्किएको छ । अख्तियारले विशेष टोली नै गठन गरेर अनामनगरस्थित धोबीखोलाको सरकारी जग्गा हिनामिनाको उजुरीमा छानबिन गरिरहेको छ । उक्त कार्यमा वडाध्यक्ष ढकाल संलग्न रहेको अख्तियारले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

अख्तियार स्रोतका अनुसार धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न संलग्न वडाध्यक्ष ढकालमाथि विस्तृत अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी भइरहेको छ । यसका लागि उनलाई अख्तियारले बयान लिँदै छ ।

स्वास्थ्य लाइभले धोबीखोला ‘मास्ने-बेच्ने’ कार्यमा वडाध्यक्ष ढकाल संलग्न रहेको खुलासा गरेपछि अख्तियार तातेको हो । उनले धोबीखोलाको सरकारी जग्गा गुठीमा लान सिफारिस दिएका धेरै कागजात अख्तियारको नियन्त्रणमा पुगिसकेका छन् । अब भने उनीमाथि भ्रष्टाचार मुद्दा चल्ने निश्चित भइसकेको अख्तियार स्रोतको भनाइ छ ।

वडाध्यक्ष ढकालले धोबीखोलाको १२ रोपनी बढी जग्गा केदारेश्वर महादेव गुठी चौतारिया फत्तेजंग पराक्रम शाह मौजा अन्तर्गत लगेर नक्कली मोही खडा गर्न सिफारिस दिएका छन् । कोरोनाको मौका छोप्दै झन्डै दुई अर्बको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न वडाध्यक्ष ढकाल संलग्न भएका हुन् उनीमाथि अख्तियारले भ्रष्टाचारको डण्डा चलाउन लागेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #कामनपा वडाध्यक्ष कुश ढकाल, #धोवीखोला, #नक्कली गुठी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com