स्वास्थ्यमन्त्रीदेखि सामान्य प्रशासनमन्त्रीसम्म फेरिने चर्चा 


काठमाडौं । विवादित स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतदेखि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसम्म फेरिने चर्चा सुरू भएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनका लागि मन्त्रिमण्डल हेरफेरको गृहकार्य सुरू भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनका कारण रोकिएको मन्त्रिपरिषद् हेरफेरको काम केही दिनभित्रै अगाडि बढाउने तयारी भइरहेको छ । जनमत पार्टी सरकारमा जाने निश्चित जस्तै भएकाले स्वास्थ्य, सामान्य प्रशासन, सहरी विकासलगायतका मन्त्रीको कुर्सी हल्लिएको हो ।

बालुवाटार स्रोतका अनुसार आत्महत्या दुरूत्साहनमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत पनि फेरिने सूचीमा परेका छन् । उनलाई हटाउँन चौतर्फी दबाब पार्टी भित्र परेको छ । कर्मचारीलाई आत्महत्या गर्न सार्वजनिक रुपमै उक्साए पछि नागरिक अधिकारकर्मीहरुले समेत उनको नैतिकतामाथी प्रश्न उठाएका छन् । तर, उनि लाचार भएर मन्त्रीको कुर्सीमा बसिरहेका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतलाई हटाएर कांग्रेसबाट अर्को मान्छे मन्त्री बनाउन दबाव परेको बालुवाटार स्रोतको भनाइ छ । स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्तिलाई लिएर एमाले सांसद ठाकुर गैरेले सदनबाटै राजीनामा मागिसकेका छन् ।

त्यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टी सभासद डा तोसीमा कार्कीले पनि राजिनामा माग गरेकी छन् । कांग्रेस बाहेक सबै संघसंगठनले उनको राजिनामा मागेका छन् । तर मन्त्री विवाद छल्न विदेश भ्रमणमा गएका छन् ।

मन्त्रीबाट हटाउने ‘हिट लिस्ट’मा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको नाम रहेको छ ।  उनलाई मन्त्रीबाट हटाउन सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर कर्ण कम्मर कसेर लागेको सिंहदरबार वृत्तमा चर्चा छ । सचिव कर्णले ‘की मन्त्री रहन्न की आफू त्यो मन्त्रालयमा म रहन्न’ भन्दै हिँडेको चर्चा छ । सामान्य प्रशासनमन्त्री मोदी र सचिव कर्णको विवाद सतहमा आइसकेको छ ।

बालुवाटार स्रोतका अनुसार सामान्य प्रशासनमन्त्री मोदीलाई हटाएर उक्त ठाउँमा सहरी विकासमन्त्री सीता गुरूङलाई ल्याउने गृहकार्य भइरहेको छ । जनमत पार्टीलाई सहरी विकास मन्त्रालय दिएर कांग्रेसबाट मन्त्री बनेकी गुरूङलाई सामान्यमा ल्याउने गृहकार्यमा प्रधानमन्त्री दाहाल रहेको बालुवाटार खोतले स्वास्थ्य लाइभलाई बतायो । यसै साताभित्र प्रधानमन्त्रीको गृहकार्यले सार्थकता पाउने सम्भावना पनि उच्च रहेको स्रोतको दाबी छ ।

माओवादी केन्द्रभित्र ६ महिना पुगेका मन्त्रीहरू फिर्ता बोलाउने गरी लबिइङ समेत सुरू भएको छ । यसले सार्थकता पाएका मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने सम्भावना रहन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अमनलाल मोदी, #सचिव डा. कृष्णहरि पुष्कर कर्ण, #सहरी विकासमन्त्री सिता गुरुङ, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com