बालेनलाई टक्कर दिएका वडाध्यक्ष रिजाल ग्राण्डीको भेन्टिलेटरमा


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा पुगेका छन् । उनी डेंगीको संक्रमणका कारण उच्च ज्वरो र निमोनिया भएर भेन्टिलेटरमा पुगेका हुन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति समेत रहेका रिजाललाई डेंगी संक्रमण, उच्च ज्वरो र निमोनिया पनि देखिएकाले ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको कांग्रेस नेतृ सिर्जना सिंहले जानकारी दिइन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।

काठमाडौं महानगरपालिकाको पहिलो लाइभ कार्यपालिका मेयर बालेन साहलाई टक्कर दिएर चर्चामा आएका वडाध्यक्ष रिजाल अहिले जीवनको कठिन अवस्थामा छन् । निडर स्वभावका उनी जनतामाझ एकदमै लोकप्रिय मानिन्छन् । वडाध्यक्ष रिजालसँग सम्बन्ध मजबुत बनाउन मेयर साह उनकै निजी निवासमा खाना खान पुगेका थिए । वडाध्यक्ष रिजाल कहिले टिकटक त कहिले कार्यशैलीका कारण चर्चामा आइरन्छन् ।

काठमाडौं महानगरपालिकाले डेंगी नियन्त्रणका लागि विभिन्न कार्यक्रम चलाइरहेका बेला चर्चित वडाध्यक्ष रिजाल नै डेंगी संक्रमणका कारण अस्पतालको भेन्टिलेटरमा पुग्नु परेको छ । यसले महानगरपालिकाको डेंगी नियन्त्रण तथा रोकथाम अभियानलाई धक्का लागेको छ । यसलाई अझ प्रभावकारी बनाउन महानगरले पहल कदमी लिनुपर्ने आवश्यकता देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #डेंगी संक्रमण, #वडाध्यक्ष मुकुन्द रिजाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com