अझै रोकिएन डाक्टरमाथि ‘तालिबानी’शैलीको आक्रमण


समाचार टिप्पणी

काठमाडौं । चरीकोट र भेरीमा स्वास्थ्यकर्मीमाथि ‘तालिबानी’शैलीमा आक्रमण भएपछि बिनाधरौटी जेल चलान (जेल विद आउट वेल)लाई नेपाल चिकित्सक संघले प्राथमिकता साथ उठाउँदै आएको छ । जेल विद आउट वेललाई मुलमन्त्र बनाएर नेपाल चिकित्सक संघको नेतृत्वमा स्थापित भएका चिकित्सक हुन् लोचन कार्की ।

डा. लोचनकै पालामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित भयो । उक्त कानुनले जेल विद आउट वेललाई केही हदसम्म समेटेको देखिन्छ । तर, उनी नेतृत्वबाट हटेसँगै चरीकोट र भेरीमा जस्तै स्वास्थ्यकर्मीमाथि ‘तालिबानी’शैलीको आक्रमण हेटौंडामा देेखा परेको छ ।

बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि फेरि ‘तालिबानी’शैलीमा आक्रमण भएको छ । डेंगी संक्रमित राजेश प्रधानको एक महिना अगाडि चितवन मेडिकल कलेजमा निधन भएको विषयलाई लिएर डाक्टरद्वय थापा र बिडारीमाथि ‘तालिबानी’शैलीमा मृतकका आफन्तले आक्रमण गरेको सिटि क्यामेरा फुटेजबाट देख्न सकिन्छ ।

गत साउनमा सन्चो अस्पतालमा कार्यरत ती डाक्टरले बिरामी प्रधानलाई चितवन मेडिकल कलेज ‘रेफर’ गरेका थिए । त्यहिँ घटनालाई लिएर उनीहरूमाथि ‘तालिबानी’शैलीमा हमला भएको हो । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरकि रुपमा चोट पुर्‍याउनेलाई पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्थासहितको कानुन पारित भएको छ । तर, सन्चो अस्पतालमा स्वास्थ्यकर्मी ‘तालिबानी’शैलीमा संगठित हमला हुँदा पनि प्रहरीले तत्काल सहयोगी भूमिका खेलन । बरू मिलापत्र गर्न तर्फ केन्द्रित देखियो ।

चिकित्सकमाथि ‘तालिबानी’शैलीको आक्रमणको चौतर्फी आलोचना भएपछि मात्र प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टर कुट्ने घटनामा संलग्न दोषीलाई ७२ घण्टाभित्र कानुनी कारबाही नगरे देशभर आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिएको छ ।

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. लोचन कार्की स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) कानुन, २०७९ कार्यान्वय गर्न प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखसँग अभिमुखीकरण कार्यक्रम राख्नु पर्ने आवश्यकता ठान्छन् । यसका लागि उनले निरन्तर पहल र सक्रियता देखाउँदै आएका छन् । स्वास्थ्यकर्मीमाथि ‘तालिबानी’शैलीमा भएको आक्रमण निस्तेज पार्न उक्त कानुन ल्याइएको भनिए पनि अझैसम्म यसको प्रभावकारी कार्यान्वन भएको पाइँदैन । यसले गर्दा चिकित्सकमाथि हुने ‘तालिबानी’शैलीको आक्रमण रोकिएको छैन । उक्त कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न र स्वास्थ्यकर्मीमाथि ‘तालिबानी’शैलीको आक्रमण रोक्न नेपाल चिकित्सक संघले विशेष भूमिका खेल्नु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. लोचन कार्की, #डाक्टरमाथि तालिबानी शैलीमा आक्रमण, #नेपाल चिकित्सक संघ(एनएमए)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com