देशभक्त युवा शक्तिको आयोजनामा नयाँ बानेश्वरमा वृहत्त रक्तदान


काठमाडौं । नेपाल देशभक्त युवा शक्ति केन्द्रको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरमा वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

शनिबार बानेश्वरका युवा र विभिन्न संघसंस्था मिलेर उक्त कार्यक्रम आयोजना गरिएको मञ्जिल हमालले जानकारी दिए । उनका अनुसार नेपाल देशभक्त युवा शक्ति केन्द्र  बानेश्वरमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत तयारी गरिरहेको बताए । ‘अहिले रक्तदान कार्यक्रम राखिएको छ लगत्तै आँखा शिविर सञ्चालन गर्न जुटिरहेका छौं ।’, युवा नेता हमालले स्वास्थ्य लाइभसँग भने ।

नयाँ बानेश्वर चोकका समाजसेवी नवराज सापकोटाले नेपाल देशभक्त युवा शक्ति केन्द्रले शनिबार नयाँ बानेश्वरस्थित छक्कुबक्कु पार्कमा ९ बजेदेखि वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । युवाले देशको माया गर्नुपर्‍यो भन्दै उनले देश विकासका लागि युवाहरू जुट्नु पर्ने बताए ।

छक्कुबक्कु पार्कमा वृहत्त रक्तदान कार्यक्रमको वृहत्त तयारी भइरहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३१ , समाज सुधार समिति, देउराली क्लब, थर्ड आई युवा क्लब, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, किङ्ग कम स्पोर्ट्स क्लब, थापागाउँ सुधार समितिलगायतको सहयोगमा उक्त वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ