काठमाडौं महानगरपालिका कार्यलयमा स्तनपान कक्ष


काठमाडौं । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजामा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । सेवा दिने र सेवा लिने आमाहरुले शिशुहरुलाई दिने मातृवात्सल्यतामा कमी नहोस्, आमाले शिशु र शिशुले आमालाई नभेट्दा हुने मानसिक तनाव नहोस् भनेर उक्त स्तनपान कक्ष सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

आमा र शिशु दुवैले चाहेको समयमा स्तनपानको वातावरण बनोस्, लैङ्गिकमैत्री कार्यस्थल निर्माण होस्, भन्नका लागि कक्ष सञ्चालनमा ल्याइएको हो उपमेयर सुनिता डंगोलले बनाइन् ।

 

नवजात शिशुलाई आमाले स्तनपान गराएपछि स्वस्थ्य जीवनको शुरुवात हुन्छ । शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउन थाल्नु पर्छ ।आमाको विगौती दुध नवजात शिशुको पहिलो आहार हुनुपर्छ । पहिलो ६ महिना अरु खानेकुरा र पानी नखुवाई पूर्ण रुपमा स्तनपान गराउनु पर्छ ।

कार्यस्थलमा रहे पनि आमा, आमा नै हुन् । उनलाई स्तनपानको वातावरण मिलाउनु पर्छ । यो कक्ष सेवाग्राहीका लागि पनि हो । कक्षमा बस्ने ठाउँ, पिउने पानी, हात धुने ठाउँ, शिशुका सामान राख्ने सानो टेवुल राखिएको छ । महानगरपालिका आउने वा त्यो क्षेत्र भएर हिड्ने आमाहरुले यसको प्रयोग गर्न सक्ने छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ