डा. दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मान


काठमाडौं । डा. गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मान गरिएको छ । एक विशेष समारोहकाबीच उनलाई उक्त उपाधिबाट सम्मान गरिने हो ।

काठमाडौंको चाबहिल निवासी वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डा. दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मान हुने डा. दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दैछन् । उनले चिकित्सक मात्र नभएर राज्यका विभिन्न संवैधानिक निकायमा पदाधिकारी समेत रहेर समाज र राष्ट्लाई योगदान गरेका छन् । ।

उक्त समारोहमा ‘डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष’ सफल पार्न ४०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । डा. दासको जन्म शताब्दी वर्ष मनाउने क्रममा गण्यमान्य लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिकाबीच उक्त उपाधि घोषणा गरिएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ