निःशुल्क रगत दिलाउन सांसद प्रदीप पौडेलले थाले पहल

काठमाडौं-५ भित्रका ३ अस्पतालमा निःशुल्क रगत कार्यान्वयनमा आउँदै


काठमाडौं । नागरिकलाई निःशुल्क रगत दिलाउन काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले पहल थालेका छन् । त्यसका लागि उनले बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तामाङ र प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीसँग निरन्तर छलफल गरिरहेको बताएका हुन् ।

सांसद पौडेलले छिट्टै टिचिङ अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नि:शुल्क रगत लिन सकिने व्यवस्था कार्यन्वयनमा आउने जानकारी गराएका छन् । ‘एउटा व्यक्तिले निस्वार्थ भावमा नि:शुल्क रगत दान गर्छ भने रगतकाे आवश्यकता परेर लिन आउने अर्को व्यक्तिले पनि नि:शुल्क नै पाउनु पर्छ भनेर केही समय अघि ‘बजेटको विनियोजन शीर्षक माथि स्वास्थ्य मन्त्रालय’ अन्तर्गतको छलफलमा मैले यस विषयलाई संसद्‌मा उठाएको थिए ।’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसै सन्दर्भमा काठमाडौं क्षेत्र नं ५ अन्तर्गतका टिचिङ अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निशुल्क रगत लिन सकिने व्यवस्था छिट्टै कार्यन्वयनमा आउनेछ ।’,

यस्तो छ सांसद पौडेलको फेसबुक पोस्ट

एउटा व्यक्तिले निस्वार्थ भावमा निशुल्क रगत दान गर्छ भने रगतकाे आवश्यकता परेर लिन आउने अर्को व्यक्तिले पनि नि:शुल्क नै पाउनु पर्छ भनेर केही समय अघि ‘बजेटको विनियोजन शीर्षक माथि स्वास्थ्य मन्त्रालय’ अन्तर्गतको छलफलमा मैले यस विषयलाई संसद्‌मा उठाएको थिए ।

साथै, यस विषयलाई कार्यान्वयन गराउनका लागि बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तामाङ ज्यू र प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी ज्यू सँग निरन्तर छलफल भएको थियो । उक्त छलफल पश्चात यस विषयलाई कार्यान्वयन गराउनका लागि वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री ज्यूले देखाउनु भएको सक्रियता प्रति विशेष आभार व्यक्त गर्दछु साथै प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा तामाङ ज्यू प्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।

यसै सन्दर्भमा काठमाडौं क्षेत्र नं ५ अन्तर्गतका टिचिङ अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निशुल्क रगत लिन सकिने व्यवस्था छिट्टै कार्यन्वयनमा आउनेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ