सुगर रोगी भूमि व्यवस्थामन्त्री श्रेष्ठ, दुईपटक मन्त्रालयमै ढलिन्


काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गिरिबी निवारणमन्त्री रञ्जित श्रेष्ठ चौधरी मधुमेह (सुगर) रोगका कारण मन्त्रालय कम आउन थालेकी छिन् । मन्त्रालय उच्च स्रोतका अनुसार ‘लो सुगर’का कारण उनी दुईपटक मन्त्रालयको कार्यकक्षमै ढलेकी हुन् ।

भूमि व्यवस्थामन्त्री चौधरीलाई अहिले खासै मन्त्रालयमा भेटिदैन । उनी कम मन्त्रालय आउनुका कारण बारे स्वास्थ्य लाइभले सोधीखोजी गर्दा स्वास्थ्यका कारण कम मन्त्रालय आउने गरेको बुझिएको छ । ‘मन्त्रीज्यू, दुईपटक मन्त्रालय कै कार्यकक्षमा ढलिरहेको अवस्थामा भेटियो, सुगर कम भएपछि मान्छे एक्कासी ढल्दो रहेछ मन्त्रीज्यूमा यो समस्या देखियो । कतिबेला के हुने हो थाहा छैन ।’, मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभसँग भन्यो ।

भूमि व्यवस्थामन्त्री श्रेष्ठ सुगरका कारण ढल्न थालेपछि सचिवालयमा फक जना अनमी राख्न प्रस्ताव गरिएको छ । अनमी राख्ने आवश्यक प्रबन्ध मन्त्रालयले मिलाइसकेको उच्च स्रोत स्वास्थ्य लाइभलाई जानकारी गराएको छ । कुनै पनि बेला मन्त्रीलाई सुगर कम भएर ढल्ने भएकाले स्टोरले मन्त्री श्रेष्ठका लागि चकलेटको समेत जोहो गरेको देखिन्छ । भूमि व्यवस्थामन्त्री श्रेष्ठ स्वास्थ्य अवस्थाका कारण कुनै क्षति नहोस् भनेर मन्त्रालयले विशेष हेरचाह र आवश्यकता बन्दोबस्त मिलाएको हो ।

भूमि व्यवस्थामन्त्री श्रेष्ठ अहिलेको ‘क्याबिनेट मिनिस्टर’मा कम मन्त्रालय आउने मन्त्रीमा पर्छिन । हुन त उनी डिजुरे मन्त्री मात्र हुन् । ‘डिफ्याक्टो’ मन्त्रीको भूमिकामा उनका श्रीमान एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चोधरी रहेका छन् । सबै कुरा रेशमको निर्देशनमा हुने भएपछि र उनैले मन्त्रालय चलाउने भएपछि मन्त्री श्रेष्ठ मन्त्रालय आउनु र नआउनुमा तात्विक भिन्नता नरहेको मन्त्रालय कै उच्च अधिकारीहरुको टिप्पणी छ । ‘एक त मन्त्रीज्यूलाई सुगर रोग छ, अर्को मन्त्रालय नै रेशम माननीयको लाइनमा चल्छ, त्यसैले मन्त्रीज्यू मन्त्रालय धरै नआएपनि फरक पर्दैन जस्तो लाग्छ ।’, मन्त्रालय उच्च स्रोतले भन्यो ।

भूमि व्यवस्थामन्त्री श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन् । उनी छोटो समयमै सांसद हुँदै मन्त्री बन्न सफल भएकी छिन् । तर, भूमि व्यवस्था मन्त्रालयले जनतालाई परिवर्तन र सुधारको महसुस हुने गरी कुनै काम गरेको पाइँदैन ।

क्याटेगोरी : समाचार
ट्याग : #भूमि व्यवस्थापन, #मधुमेह (सुगर) रोग, #रेशम चौधरी, #सहकारी तथा गिरिबी निवारणमन्त्री रञ्जित श्रेष्ठ चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com