यी हुन् इन्द्र बाँनियाले स्वास्थ्य विभागमा मनोनयन गरेका उपप्रमुख तथा सदस्यहरू


काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा १३(१०)(झ) बमोजिम प्रदेश कार्यसमितिका सदस्य डा. अमित सिंह कार्की प्रमुख रहेको नेपाली कांग्रेस बाग्मती प्रदेश स्वास्थ्य विभागको उपप्रमुखसहित सदस्यहरु मनोनित गरेका छन् । विभागको उपप्रमुखमा रामेछापकी निजुका खड्का मनोनित भएकी छिन् ।

यस्तै, विभागको सदस्यहरुमा डा. मनोर दिन सैयद (काठमाडौं), डा. सरिशा श्रेष्ठ (ललितपुर), डा. गोविन्द कँडेल (चितवन), डा. उज्जवल चालिसे (भक्तपुर), डा. भगत श्रेष्ठ (नुवाकोट), डा. इश्वरबाबु श्रेष्ठ (ललितपुर), डा. ओजसी आचार्य (काठमाडौं), विष्णु थापा (मकवानपुर), सरस्वती जि.सी. (सिन्धुपाल्चोक), जमुना महर्जन (काठमाडौं) रहेका छन् ।

त्यस्तै सुजन शर्मा (चितवन), राजेश तन्डुकार (काठमाडौं), शैलेन्द्र खड्का (दोलखा), गोपाल कार्की (सिन्धुली), देवराज दाहाल (धादिङ), ध्रुव कोइराला (चितवन), गोपाल खड्का (रामेछाप), गणेश प्रसाद रिजा (काठमाडौं), खिल प्र.लामिछाने (सिन्धुपाल्चोक), लता महत (काठमाडौंं) र मनिकला थापा मगर (रसुवा) मनोनित भएका छन् । विभागको सदस्य सचिवमा भने मवकानपुरका यादव अर्याल रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ