हजारौंलाई ठगेर बेलायततिर पलायन भए सुमेरु अस्पतालका अध्यक्ष महर्जन


काठमाडौं । सुमेरू सहकारीका हजारौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगेर सुमेरू अस्पतालका अध्यक्ष भरत महर्जन बेलायततर्फ पलायन भएको पाइएको छ । सहकारीमा राखेको बचतकर्ताको पैसा मनोमानी ढंगले निजी अस्पतालमा लगाएर हजारौंलाई बिल्लीबाठ पारेर उनी परिवारसहित बेलायत भासिएका हुन् ।

सहकारीको झन्डै साढे ६ अर्ब रुपैयाँ अपचलन गरेर अस्पताल र घरजग्गामा हालेका महर्जन बेलायत भासिएपछि बचतकर्ताको रुवाबासी चलेको छ । सहकारीले निकालेको स्वेतपत्रमा महर्जनले सुमेरु सहकारीको पैसा अपचलन गरेर ललितपुरको धापाखेलस्थित सुमेरू अस्पताल, जावलाखेलस्थित सुमेरु सिटी अस्पताल, सुमेरू मेडिकल कलेजलगायतमा लगानी गरेका छन् ।  बचतकर्ताको पैसामा महर्जन परिवारले रजाइँ गरेर ठगी धन्दा गरेको पाइएको हो ।

 

सहकारीमा राखेर पैसाबाट खोलिएको धापाखेलस्थित सुमेरु अस्पतालको अहिलेको बजार मूल्य २ अर्ब ५२ करोड १० लाख रुपैयाँ पर्ने स्वेतपत्रमा उल्लेख छ । उनले सहकारीको पैसा अपचलन गरेर उक्त निजी अस्पताल खोलेको तथ्य सार्वजनिक भएको हो । उक्त अस्पतालले चर्चेको जग्गाको क्षेत्रफल १५ रोपनी १३ आना ३ पैसा १ दाम रहेको छ । जग्गाको मूल्य मात्र १ अर्ब ५२ करोडभन्दा बढी पर्ने दाबी गरिएको छ ।

त्यस्तै सुमेरु सिटी अस्पतालको अहिलेको बजार मूल्य १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ पर्ने सहकारीको स्वेतपत्रमा उल्लेख छ । सुमेरु सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जनले सहकारी बचतकर्ताको पैसामा राईंदाईं गार्दै अस्पताल, मार्ट, रिसोर्ट, कलेज, ट्राभललगायतका संस्था खोलेका हुन् ।

सहकारीको हिसाब गायब बनाएर सुमेरू नामका अस्पताल खोल्न सफल महर्जन अहिले ३२ हजार बढी बचतकर्तालाई उठिबास लगाएर बेलायत भासिएका छन् । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे सहकारी पीडितको पैसा सञ्चालकहरूको जायजेथा बेचेर पनि असुल उपर गराउने बताउँछन् । तर, महर्जन परिवार हजारौं बचतकर्ता ठगेर फरार भएको छ ।

भरत महर्जनले सहकारीको साढे ६ अर्ब हिसाब गोलमाल पारेर सुमेरू अस्पताललगायतमा लगानी गरेको खुलासा भइसकेको छ । त्यो कुरा सुमेरू सहकारीले जारी गरेको स्वेतपत्रले नै प्रस्ट पार्छ । अब सहकारी विभागले सुमेरू अस्पताल बेचेर सहकारी बचतकर्ताको पैसा फिर्ता गर्न सक्छ कि सक्दैन हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #सहकारी ठगी, #सुमेरु सहकारी, #सुमेरू अस्पताल अध्यक्ष भरत महर्जन, #सुमेरू सिटी अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com