शनिबार बानेश्वरमा वृहत्त सरसफाई कार्यक्रम


काठमाडौं । आगामी शनिबार बानेश्वरमा वृहत्त सरसफाई कार्यक्रम राखिएको छ । नयाँ बानेश्वर व्यपार व्यवसायी संघको आयोजनामा आगामी असोज २० गते शनिबार उक्त वृहत्त सरसफाई कार्यक्रम राखिएको हो ।

नयाँ बानेश्वर व्यवसायी संघका अध्यक्ष नवीन लुईटेलका अनुसार हिन्दुहरूको महान पर्वहरूको पूर्व सन्ध्यामा वृहत्त बानेश्वर सरसफाई कार्यक्रम राखिएको बताए । शनिबार बिहान साढे ७ बजेदेखि उक्त वृहत्त सरसफाई कार्यक्रम सुरू हुने उनले जानकारी दिए । शंखमुल पुलदेखि उक्त वृहत्त बानेश्वर सरसफाई प्रारम्भ हुने लुईंटेलले जनाए ।

“नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आउन लागेको हिन्दुहरुको महान चाडहरुलाई स्वागत गर्दै हाम्रा सडक पेटी र बोट बिरुवा सफा गरी भौतिक वातावरणलाई स्वच्छ, सुन्दर सफा र पर्वमय बनाउँदै व्यवहारिक जीवनमा सकारात्मक सोच, ऊर्जा र सुन्दर भावना जागृत गर्ने अभिप्रायबाट दिन्दुहरूको महान पर्वहरूको पूर्वसन्ध्यामा ” हाम्रो बानेश्वर, राम्रो बानेश्वर भन्ने नारासहित वृहत्त बानेश्वर सरसफाई कार्यक्रम -२०८०” आयोजना गरिएको हो  ।’,अध्यक्ष लुईटेलले भने ।

सम्पूर्ण स्थानीय संघ संस्थाहरुलगायत सरसफाई सम्बन्धी कार्य गर्ने सम्पूर्ण निकायहरुलाई वृहत्त बानेश्वर सरसफाई कार्यक्रममा सहभागी भइ कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिन समेत अध्यक्ष लुईटेलले अनुरोध गरेका छन् ।

उक्त क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य एवं बागमती प्रदेशका पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले वृहत्त बानेश्वर सरसफाई अभियानले स्वच्छ र सफा बानेश्वर राख्न मद्दत गर्ने बताए । बानेश्वरको नयाँ टोल विकास समिति, छक्कुबक्कु जस्ता ठाउँमा नियमित सरसफाई कार्यक्रम भइरहेको र उक्त कार्यक्रममा सहभागी हुन पाउँदा छुट्टै आनन्द हुने उनको भनाइ छ ।

वृहत्त बानेश्वर सरसफाई अभियानमा सहभागी भई उक्त कार्यक्रम सफल पार्न समेत पूर्वमन्त्री श्रेष्ठले बानेश्वरस्थित विभिन्न संघ संस्था र टोलबासीलाई आह्वान गरेका छन् । उनी मनोहरा र बागमती सफाई अभियानमा समेत सहभागी हुँदै आएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ