नेपाल प्रहरीका दुई जना डाक्टर कता हराए ?


काठमाडौं । नेपाल प्रहरीका दुई जना डाक्टर सम्पर्कविहीन भएको पाइएको छ । नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. बालकृष्ण ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा. केशव श्रेष्ठ  लापत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरू चार महिनादेखि सम्पर्कविहीन भएका हुन् ।

नेपाल प्रहरीका लापत्ता ती दुई चिकित्सकलाई तत्काल हाजिर हुन निर्देशन दिएपछि उक्त तथ्य सार्वजनिक भएको हो । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै डा. ज्ञवाली र डा. श्रेष्ठलाई बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । श्रेष्ठ गत जेठ २९ गतेदेखि र ज्ञवाली गत जेठ १६ गतेदेखि सम्पर्कविहीन रहको गृहको सूचनामा उल्लेख छ । उनीहरु आफूखुशी गैरहाजीर रहेको र खोजतलास गर्दा गराउँदासमेत सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ ।

सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालयमा हाजिर हुन मन्त्रालयले भनेको छ । उक्त समयमा सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसूरमा निष्काशनको कारबाही गर्ने चेतावनी गृहको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ