हाकिमसँग डेटिङ जाँदा स्वास्थ्य शाखाकी कर्मचारीको जागिर धरापमा


काठमाडौं । हाकिमसँग डेटिङ जाँदा   झापास्थित अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीको जागिर धरापमा परेको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतसँग डेटिङ जाने ती महिला कर्मचारीको जागिर धरापमा परेको हो ।

स्वास्थ्य शाखा प्रमुखले करार सेवामा कार्यरत कर्मचारी लिएर डेटिङमा गएको विषयमा नगरपालिकाले दुबै कर्मचारीलाई स्पष्टीकरण सोधिसकेको छ । मेयर बलदेवसिंह गोम्देन तामाङका अनुसार समाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि स्पष्टीकरण सोधेको बताए । करारका सेवामा कार्यरत ती महिला कर्मचारीलाई स्पष्टीकरण सोधिने र सेवाबाट हटाउने तयारी भइरहेको नगरपालिका स्रोतको दाबी छ ।

डेटिङमा मस्त अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बस्नेत र करार सेवामा कार्यरत ती महिला कर्मचारीलाई रंगेहात फेला पारेपछि उनकी श्रीमती लछारपछार पारेको भिडिओ समाजिक सञ्जालमा भाइरल बनेको छ । बस्नेतकी श्रीमतीले ती महिलामाथि पनि गालीगलौज गरिरहेको सुनिन्छ । नगरपालिका स्रोतका अनुसार स्वास्थ्य शाखा प्रमुख बस्नेत  करार सेवामा कार्यरत महिला कर्मचारीसँग डेटिङमा गएका हुन् । उक्त घटनाले नगरपालिका कै बेइज्जत भएको भन्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।

हाकिमसँग डेटिङ जाने ती महिला कर्मचारीको जागिर धरापमा परेको छ भने स्वास्थ्य शाखाका हाकिम बस्नेत पनि केही समय निलम्बनमा पर्ने सम्भावना देखिएको  छ । मेयर तामाङले आवश्यक कारबाही गरिने बताएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ