ओम अस्पतालका अध्यक्ष डा. आनन्दको परिवारले हडपेको महादेव मन्दिरको जग्गामा फैसलाको पूर्णपाठ


काठमाडौं । ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठको परिवारले महादेव मन्दिरको जग्गा हडपेर बनाएको अनधिकृत संरचनामा उच्च अदालत पाटनबाट भएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । डा. आनन्दकी श्रीमती सूर्यकुमारी श्रेष्ठ अध्यक्ष रहेको महिला आदर्श सेवा केन्द्रले महादेव मन्दिरको जग्गा हडपेको उच्च अदालत पाटनको ठहर छ ।

काठमाडौंको मुटु नयाँ बानेश्वरमा १४ आना ३ दाम महादेव मन्दिरको जग्गा हडपेर महिला आदर्श सेवा केन्द्रका नाममा सूर्यकुमारीको समूहले रजाईं गरिरहेको थियो । उक्त संरचना अवैध रहेको उच्च अदालतको ठहर छ । काठमाडौं महानगरपालिका र जिल्ला अदालतको फैसलालाई सदर गर्दै उच्च अदालतले महिला आदर्श सेवा केन्द्रको अनधिकृत संरचना भत्काउन बाटो खुला गरेको छ । अदालतको फैसलाको पूर्णपाठ नआउँदै उक्त अनधिकृत संरचना भत्काउन सुरु गरिएको छ ।

गंगादेवी चुचोल टोल सुधार समितिले डा. आनन्दको परिवारसँगको ४० वर्षदेखिको लडाईं जितेको छ । महिला आदर्श सेवा केन्द्रको अनधिकृत संरचना भत्काउने गरी उच्च अदालत पाटनबाट भएको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि समितिका किशोर थापाले बल्ल न्याय पाएको प्रतिक्रिया दिए । सूर्यकुमारीको समूहको ज्यादतीबाट गंगादेवी चुचोल टोल सुधार समिति सम्बद्ध व्यक्तिहरूले मुक्ति पाएको उनको भनाइ छ ।

हेर्नुहोस् फैसला

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #ओम अस्पतालका अध्यक्ष आनन्दप्रसाद श्रेष्ठ, #डा. आनन्द श्रेष्ठ, #महिला आदर्श सेवा केन्द्र, #सूर्यकुमारी श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com