स्वास्थ्यसहितका लेखाका हाकिममाथि अख्तियारको निगरानी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका लेखाका हाकिममाथि प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । अख्तियार स्रोतका अनुसार लेखाका झन्डै एक दर्जन उपसचिवमाथि अख्तियारले अकुतमा निगरानी बढाएको हो ।

स्वास्थ्य, सडक, सिंचाईलगायत मालदार अड्डामा बसेका लेखामा हाकिमहरुमाथि अख्तियारले अकुतमा प्रारम्भिक अनुसन्धान थालेको छ । स्वास्थ्य लाइभले मालदार अड्डामा बस्ने लेखाका हाकिमहरुको विवरण सार्वजनिक गरेपछि यो विषयमा अख्तियारले चासो थालेको हो ।

‘लेखा उपसचिवहरुको नाममा अकुत सम्पत्ति आर्जनको उजुरी परेको छ । त्यो विषयमा अख्तियारले प्रारम्भिक चरणमा अध्ययन गरिरहेको छ ।’, अख्तियारका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने ।

अख्तियार उच्च स्रोतका अनुसार महालेखा नियन्त्रकको कार्यालय, अनामनगरमा कार्यरत केही उपसचिवहरू अहिले अख्तियारको उच्च निगरानीमा छन् । केही बदमासी भेटिए उनीहरूमाथि अकुत सम्पत्ति आर्जनको विस्तृत अनुसन्धान हुने स्रोतले जनाएको छ ।

 

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #लेखा उपसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com