तस्विरमा हेर्नुहोस् वृहत्त बानेश्वर सरसफाई कार्यक्रम


काठमाडौं । बागमतीको शंखमुल पुलदेखि नयाँ बानेश्वर, मध्य बानेश्वर हुँदै पुरानो बानेश्वरमा पुगेर वृहत्त बानेश्वर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ बानेश्वर ब्यापार व्यवसायी संघ, समूदाय-प्रहरी साझेदारी एवं स्थानिय जनप्रतिनिधीको संयुक्त आयोजनामा शंखमुलदेखि पुरानो बानेश्वरसम्म आयोजित वृहत्त बानेश्वर सरसफाई कार्यक्रम सम्पन्न भएको नयाँ बानेश्वर ब्यापार व्यवसायी संघ अध्यक्ष नविन लुईंटेलले बताए ।

वृहत्त बानेश्वर सरसफाई कार्यक्रम समुदायिक सेवा समिति-१० बानेश्वरका सभापति एवं बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ, महासचिव अशोक कार्की, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, वडा सदस्य अशोक केसी, वडा नम्बर १० का वडा सदस्यहरु रोहिणी श्रेष्ठ, नरोज अर्याल, सतिश तण्डुकार लगायतको उपस्थिति रहेको थियो ।

नयाँ बानेश्वर ब्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुईंटेल एवं कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, थापा गाउँ सुधार समितिका सभापति दिपक थापाको टिम, नेपाल देशभक्त युवा शक्ति केन्द्रमा आवद्ध व्यक्तिहरू, सामुदायिक प्रहरी, काठमाडौं महानगर प्रहरी बलको समेत बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग, नयाँ मार्ग सुधार समिति, तेस्रो आँखा युवा क्लब, बानेश्वर एकता समाज, बाणगंगा सुधार समितित आलोकनगर टोल सुधार समिति, स्वास्थ्य स्वयंसेविका १० र ३१ तथा रत्नराज्य उच्च माध्यमिक विद्यालय मध्य बानेश्वरका विद्यार्थीहरु पनि वृहत्त बानेश्वर सरसफाई कार्यक्रममा सहभागी भए ।

बिहान साढे ७ बजे सुरू भएको वृहत्त बानेश्वर सरसफाई कार्यक्रम १० बजेसम्म चलेको थियो । हाम्रो बानेश्वर राम्रो बानेश्वर भन्ने नाराका साथ वृहत्त बानेश्वर सरसफाई कार्यक्रम सञ्चालन भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com