रक्सीको नसामा अन्तर्वार्ता दिएर भाइरल बनेका सांसद बजगाईंले हेलिकप्टरमार्फत बिरामी उद्धार गरे


काठमाडौं चर्चित पत्रकार ऋषि धमलासँग रक्सीको नसामा अन्तर्वार्ता दिएर भाइरल बनेका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंले हेलिकप्टरमार्फत बिरामी उद्धार गरेका छन् । लेक लागेका बिरामी भएका ३ जनालाई उनले गोरखाको चुमनुब्री गाउँपालिकास्थित साम्दोबाट उद्धार गरेका हुन् ।

सांसद बजगाईंले उद्धार गरेकामा लार्के पासका लागि हिँडेका सिरानचोक गाउँपालिका–३ हर्मीका वसन्त घिमिरे, चितवनस्थित भरपुरका कपिल घिमिरे र भरतपुर–४ का सुवोध अर्याल रहेका छन् । उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ । उनले आफू बिरामी उद्धार प्रक्रियामा बिहान ८ बजेदेखि नै तल्लीन रहेको जनाए ।

निषेधित क्षेत्र गोरखाको साम्दोमाबाट एयर डाइनेष्टी हेली सर्भिसेज प्रालिको हेलिकप्टरमार्फत अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेका सांसद बजगाईंले बिरामी उद्धार गरेका हुन् ।

गृह मन्त्रालयबाट निषेधित क्षेत्रमा उडान अनुमति लिएर सांसद बजगाईं गोरखाको चुमनुब्री गाउँपालिकास्थित साम्दोमा पुगेका थिए । तर, गृह मन्त्रालयबाट निषेधित क्षेत्रमा उडान अनुमति दिँदा प्रयोजन खुलाइएको छैन । ‘गाउँको मान्छे घर जानलाई अनुमति चाहिने रे !’, भन्दै भाइरल सांसद बजगाईंले गुनासो समेत गरेका छन् ।

प्राइम टाइम टेलिभिजनबाट प्रसारण हुने ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा ‘मातेर’ अन्तर्वार्ता दिएपछि सांसद बजगाईं अहिले निकै भाइरल बनेका छन् । उनले नसाको सुरुमा पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस महामन्त्री गगनकुमार थापाको चर्को आलोचना गरेका थिए । सिल्भर हेरिटेज कम्पनीका मालिक सांसद बजगाईं लाजिम्पाटस्थित होटल सांग्रिलामा क्यासिनो चलाएका थिए ।

 

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com