४ जना लागुऔषध कारोबार गर्ने समातिए


काठमाडौं । नेपाल प्रहरीले भक्तपुरबाट ४ जनालाई लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ । नोर्फिन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र ६ थान सिरिन्जसहित ती व्यक्तिहरू पक्राउ परेको प्रहरीले जनाएको छ ‘

लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमाार यादव र २९ वर्षीय जितेन्द्र्र कुमार रमन छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले भक्तपुरको सानेब्यासीबाट असोज २३ मा बागमती प्रदेश-०२-०३४ प २३२५ नम्बरको स्कुटरमा सवार सुशान्तलाई पक्राउ गरेको थियो । उक्त स्कुटरमा लागुऔषध फेला परेको थियो । उनैको बयानका आधारमा आज थप ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ