सांसद श्रेष्ठले आयोजना गरेको चियापान कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीदेखि स्वास्थ्यमन्त्रीसम्म सहभागी


काठमाडौं । बागमती प्रदेशसभा सदस्य (सांसद) दिपेन्द्र श्रेष्ठले आयोजना गरेको वृहत्त चियापान कार्यक्रममा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसम्म सहभागी भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थान, डिल्लीबजारस्थत नेपाल सांस्कृतिक संघको भवनमा आयोजित कार्यक्रममा कांग्रेस नेता सिंहदेखि स्वास्थ्यमन्त्री बस्नेतसम्म उपस्थित भएका हुन् ।

विजय दशमी, शुभ दिपावली, छठ पर्व, नेपाल सम्बतलगायतको पूर्व सन्ध्यामा गरिएको चियापना कार्यक्रममा १ हजार बढीको उपस्थिति रहेको सांसद श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश सभा काठमाडौं क्षेत्र नम्बर १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य श्रेष्ठले उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहलाई प्रमुख अतिथि बनाएर चियापान कार्यक्रम राखेका हुन् ।

सांसद श्रेष्ठको आयोजनामा गरिएको चियापान कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतसहित बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्का, ऊर्जा, खानेपानी तथा सिँचाईमन्त्री तिर्थबहादुर लामाको उपस्थिति रहेको थियो ।

प्रदेश सांसद शान्ता ढकाल, संविधान सभा सदस्य कल्याणी रिजाल, नेपाल सरकारका उच्च अधिकारी, सचिवहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू, पूर्वप्रहरी प्रमुखहरू, कुटनीतिज्ञ, नागरिक समाजका अगुवा, पत्रकार, वकील, डाक्टर, इन्जिनियर लगायतका बौद्धिक बर्गको चियापान कार्यक्रममा सहभागिता रहेको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, २९  का वडाध्यक्ष कुश ढकाल तथा सदस्यहरू ३१ का वडा सदस्य अशोक केसीलगायत पनि सांसद श्रेष्ठद्वारा आयोजित चियापान कार्यक्रम उपस्थित भएका थिए । 

बागमती प्रदेशकाे संस्कृति तथा पर्यटनमन्त्री समेत रहिसकेका श्रेष्ठले संस्कृति जगेर्ना, परम्परा जोगाउन र आपसी सद्भाव बढाउन चियापान कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ