फ्रिजको मासुले गर्न सक्छ स्वास्थ्यलाई हानी


काठमाडौं । दसैँका लागि जोहो गरिएको मासु फ्रिजमा राखेर खाने चलन बढ्दै गएको छ । दसैँका लागि काटेको मासु हप्तौँसम्म फ्रिजमा राखेर खाने प्रवृत्ति बढ्दै गएको हो ।

विभिन्न जनवारका र हाँस कुखुराका मासु काटेर लामो समयसम्म फ्रिजमा राखी खाने चलन पछिल्लो समय ह्वात्तै बढेको छ । तर, फ्रिजमा लामो समयसम्म राखेको मासु खाँदा स्वास्थ्यलाई हानी पुग्ने विज्ञहरुको सुझाव छ ।

फ्रिजमा धेरै समय राखेको मासु र खुला ठाँउमा राखेको मासु पनि सकेसम्म नखान जनस्वास्थ्य विज्ञहरुको सुझाव छ । मासु पोल्दा राम्रोसँग नपाकेको मासुले पनि स्वास्थ्यमा असर गर्ने भएकाले यस्तो मासु पनि सकेसम्म नखान उनीहरूले सुझाव दिने गरेका छन् ।

रातो मासु पनि सकेसम्म नखान जनस्वास्थ्य विज्ञहरूको सुझाव छ । रातो मासुबाट स्वास्थ्यमा समस्या आउने सम्भावना उच्च रहन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ