दसैँमा अधिक जाड-रक्सी सेवनले मिर्गौला खराबी भएको हुनसक्छ


काठमाडौं । दसैँको मौका पारेर नेपालीहरु अधिक रुपमा जाँड-रक्सी जस्ता मद्यपान तथा धूम्रपान सेवन गर्ने गर्छन् । यसले मिर्गौलामा समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् । दसैँ सकिएलगत्तै अत्याधिक मदिरा सेवन गर्नेले मिर्गौलालगायतका शरीरका महत्त्वपूर्ण अंगहरूको परीक्षण गराउन उपयुक्त हुने उनीहरूको सुझाव छ ।

दसैँमा पानी कम पिउने र मदिरा अधिक सेवन गर्नु मिर्गौला खराबीको कारण हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।खानपान र जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला बिग्रनेको संख्या बढ्दै गएकाले चिकित्सकहरुले नियमित परीक्षणमा जोड दिएका हुन् । मिर्गौलाको समस्याबाट बच्न सकेसम्म जाँड-रक्सी जस्ता मद्यपान र सूर्तिजन्य पदार्थ सेवन नगर्न र नियमित स्वास्थ्य परीक्षण गर्न उनीहरूको सुझाव छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ