वीरको टोलीले जाजरकोट पुगेर सेवा सुरू गर्‍यो


काठमाडौं । वीर अस्पतालको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर सेवा सुरु गरेको छ । ४ जना चिकित्सकसहितको वीर अस्पतालको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएर स्वास्थ्य सेवा सुरू गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा. डा. भूपेन्द्र कुमार बस्नेतका अनुसार वीर अस्पतालको टोली जाजरकोट जिल्ला अस्पतालमा पुगेर सेवा सुरु गरेको छ । उपकुलपति बस्नेतको निर्देशनमा खटिएका विशेषज्ञ चिकित्सक र औषधि उपकरणसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट अस्पतालमा पुगेर सेवा सुरु गरेको हो ।

वीरबाट खटिएको चिकित्सकहरुको टोलीमा डा. खुस्बु झा, डा. कृष्णजंग शाह, डा. कृति डंगोल, डा. विजय गुरुङ रहेका छन् । नर्स तथा स्वास्थ्यकर्मीहरु पनि उक्त टोलीमा खटिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ