भूकम्पमा घाइते भएकालाई उपचार गर्न वीर र ट्रमा तयारी अवस्थामा


काठमाडौं । रुकुम र जाजरकोटमा भूकम्पबाट घाइते भएकालाई उपचार गर्न वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर तयारी हालमा राखिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारिणी समितिको आकास्मिक बैठकले भूकम्प पीडितको उपचारका लागि वीर र ट्रमा सेन्टरलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्र कुमार बस्नेतका अनुसार वीर र ट्रमाका इमर्जेन्सी, अपरेशन थिएटर र आईसीयू तयारी हालतमा राख्न निर्देशन दिएको हो ।  ट्रमाका ३८ शय्या भूकम्प पीडितको उपचारका लागि छुट्याएको न्याम्सका उपकुलपति डा. बस्नेतले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

वीर अस्पतालको छुट्टै टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्ला अस्पतालमा पुगेर सेवा सुरु गरेको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ