पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई २० लाखको उपकरण हस्तान्तरण


काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई कोइका अल्मुनाई एशोसिएसन नेपालले अत्यावश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ ।

कोरियन सरकारको छात्र वृत्तिमा लामो तथा छोटो समय अध्ययन गर्ने ( नेपालका कर्मचारी ) पूर्व विद्यार्थीहरूको संगठन कोइका ०५८ साल बैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई स्थापना भएको स्वयंसेवी संस्थाले पछिल्लो समयमा आएर स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही क्रममा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई २० लाख मुल्यकाे स्वास्थ्य उपकरणर उपलब्ध गराएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरणमा पाँचखाल नगरपालिका उपप्रमुख सुर्य माया दनुवारले  कोईका नेपाललाई धन्यवाद दिदै उपलब्ध स्वास्थ्य सामाग्रीले गर्दा उपचारमा थप टेवा मिल्ने बताए । उनले भने हामिले यि उपकरणहरूलाई व्यवस्थित गरेर सञ्चालन गर्नाको साथै टिकाउने कार्यमा प्राथमिकता दिन्छौं । स्वास्थ्य सेवा महङ्गो छ ‚ जसले गर्दा सामान्य परिवारलाई उपचार गर्न कठिन छ । त्यस्ता सामान्य परिवारको उपचारमा सहजताको लागि सञ्चालन भएको प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध भएको स्वास्थ्य सामाग्रीले गर्दा विशेष गरि निम्न आयस्रोत भएका बिरामीका लागी उपचारमा टेवा मिल्ने छ, उपप्रमुख दनुवारले भने ।

कार्यक्रममा कोइका नेपाल कार्यालयका सहायक नेपाल निर्देशक जङ्ग उन सोङले भने “सन् १९९१ देखि कोइकाले विभिन्न किसिमका विकास सहायता सहयोग कार्यान्वयन गरी नेपालको सामाजिक –आर्थिक विकासमा सक्रिय योगदान दिँदै आएको छ ।

कोइकाले स्वास्थ्यलाई नेपालमा आफ्नो प्रमुख कार्यक्षेत्रको रूपमा मान्यता दिएको छ ।”  उनले थपे उपचार नपाएर कसैले मृत्यु बरण गर्न नपरोस् भन्ने उद्देश्यले थिमी‚ नुवाकोट‚ मुगुमा गरी ३ वटा अस्पताल स्थापना गरेको छ । कान माफर्त कोभिड १९ को प्रकोप पश्चात स्वास्थ्य केन्द्रहरूलाई आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको बताए ।

हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत सूर्य प्रसाद गौतमले प्राथमिक स्वास्थ्य केन्द्रलाई सहज ढंगबाट सञ्चालन गर्नको लागि आफू तयार रहेको बताए ।

कार्यक्रममा कोईका नेपालका अध्यक्ष बिनोद बिडारीले भने, “मिठो बोलीले सन्सार जित्छ ‚ स्वास्थ्य कर्मीको राम्रो व्यवहारले बिरामीको आधा रोग निको हुन्छ ।” त्यसैले स्वास्थ्य क्षेत्रमा कार्य गर्ने कर्मचारी तथा स्वास्थ्य कर्मीको व्यवहारमा स्वास्थ्य क्षेत्र अवस्थाको निर्धारण हुने बताए । डेभिड पछाडि स्वास्थ्यको क्षेत्रमा सघाउँदै आएका छौं यस्ता कार्यलाई निरन्तरता दिन्छौं उनले थपे ।

कार्यक्रममा कोइका नेपालका महासचिव नवराज गौतमले विश्वमा कोभिडको महामारी सुरुभए पछिका दिनहरूमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै आएको बताए । उनले भने, पाँचखाल र आसपासका क्षेत्रमा बसोवास गर्ने जनताहरूको सहज र सरल उपचारको लागि सहज होस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउने निर्णय गरेका हौं । यो प्राथमिक स्वास्थ्य केन्द्र राजमार्गको छेउमा छ ‚ राजमार्गमा हुने गरेका दुर्घटनाको प्राथमिक उपचार गर्ने वातावरण तयार गर्न जरुरी रहेको बताउँदै स्थानीय तहले सो विषयमा ध्यान दिदै प्राइमरी ट्रमा केयर सेन्टरको रुपमा विकास गर्ने हो भने सो विषयमा सघाउन तयार रहेको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ