भूकम्प पीडितको आश्रयस्थलमा पुगेर उपचार गर्दै डा. कडरिया


काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सचिव डा. सुजन कडरिया भूकम्प पीडितको आश्रयस्थलमा पुगेर स्वास्थ्य परीक्षण र उपचार गर्न थालेका छन् । उनी  जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न स्थानमा पुगेर भूकम्प पीडितको स्वास्थ्य उपचार र परामर्शमा खटिएका हुन् ।

भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले जाजरकोट पुगेका डा. कडरियाले उनीहरू भएको स्थानमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिएका छन् ।  उनीसँगै अनेरास्ववियुको टोली निरन्तर उद्वार  राहत वितरण अभियानमा जाजरकोट नलगाड नगरपालिकामा खटिएको छ । भूकम्प पीडितलाई डा. कडरियाले भिन्न शैली देखाएर सहयोग गरिरहेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com