स्वास्थ्य मन्त्रालयसहितका सरकारी कार्यालय एक हप्ता बन्द रहने


काठमाडौं । शुभ दिपावलीको अवसरमा स्वास्थ्य मन्त्रालयसहितका सरकारी कार्यालयहरू झन्डै एक साता बन्द रहने भएको छ ।  अघिल्ला तिहारमा बढीमा ३ दिन हुँदै आएको तिहार विदा योपटक बिहीबारसम्म छ । शनिबारबाहेक पनि दिन तिहार विदा रहेको हो ।

शुक्रबार एक दिन खुलेर फेरि शनिबार र आइतबार लगातार विदा छ । अर्को आइतबार छठ पर्व भएकाले सोमबारबाट मात्रै स्वास्थ्य मन्त्रालयसहितका सरकारी कार्यालय नियमित खुल्ने देखिन्छ । तिहारक विदा सकिएर खुल्ने शुक्रबार पनि आधा दिनको कार्यालय समय हो । योपटक तिहार र छठ पर्वले गर्दा कर्मचारीलाई पहिलाको तुलनामा लामो विदा परेको छ । यसले सेवाग्राही भने प्रभावित हुने भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ