काठमाडौं महानगरले मेडिकल अधिकृतसहित करारमा राख्ने


काठमाडौं । काठमाडौं महानगरपालिकाले मेडिकल अधिकृतसहित पदमा करारमा भर्ना गर्ने भएको छ । महानगरले करारमा मेडिकल अधिकृत, फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट पदको पदपूर्ति सम्बन्धी विज्ञापन गरेको हो । महानगरले करारमा फुड टेक्नोलोजिस्ट र माइक्रो बायोलोजिस्ट पदमा पहिलोपटक विज्ञापन गरेको छ ।

महानगरले अधिकृतस्तर सातौं तहको सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेको ३ जना फुड टेक्नोलोजिस्ट र २ जना माइक्रो बायोलोजिस्ट करार सेवामा मागेको छ । त्यस्तै आठौं तहको मेडिकल अधिकृत २७ जना पनि महानगरले करार सेवामा मागेको हो ।

पुरुषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र पुरुषको हकमा १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेकोले आवेदन गर्न सक्ने छ ।

मंसिर २३ गतेभित्र १ हजार दस्तुर बुझाएर फारम भर्न सकिने छ ।  दोब्बर दस्तुर तिरेर मंसिर ३० गतेसम्म ती पदहरूमा आवदेन दिन सक्ने सुविधा पनि महानगरले दिएको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ