प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने गरी जलनका बिरामी काठमाडौं ल्याइयो


काठमाडौं । मोरङको उर्लाबारीमा आगलागीमा परी बिएण्डसी अस्पतालमा उपचाररत जलनका १० जना विरामीलाई बर्न अस्पताल कीर्तीपुर रिफर गरिएको छ । उपचार खर्च व्यहोर्ने गरी प्रदेश सरकारको समन्वयमा बिरामीहरुलाई बर्न अस्पतालमा रिफर गरिएको हो । जलनमा परी घाईते भएका सबै विरामीहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । उनीहरुलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइएको हो ।

कीर्तिपुरको बर्न अस्पतालमा रिफर गरिएका विरामीहरुमा मोरङ उर्लाबारी– ७ का सुजन सेन्दाङ, लाल बहादुर लिम्बु, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बु, रुकुम बहादुर कार्की, नविन थापा, हेम कुमार दाहाल र करण संग्रौला रहेका छन् ।

मोरङ उर्लाबारी– ७ वरगाछिस्थित दिपक कार्कीको घरमा रहेको पसलबाट अचानक आगलागी हुँदा उनीहरु घाइते भएका थिए । आगो नियन्त्रणमा लिने क्रममा चार जना प्रहरीसहित २८ जना घाईते भएका थिए । तिमध्ये सोमबार १४ जना र मंगलबार १० जनालाई  कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ