सिन्धुली कारागारका १ जना कैदीको निधन


काठमाडौं । सिन्धुली कारागारमा एकजना कैदीको निधन भएको छ । सिन्धुली कारागारमा राखिएका विमल थापामगरको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ३० वर्षे थापालाई बेहोस अवस्थामा भेटेपछि सिन्धुली जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा पुर्‍याएपछि उनलाई मृत घोषणा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार थुनामा रहेका थापालाई बेहोस अवस्थामा भेटेपछि जिल्ला अस्पतालमा पुर्‍याइएको हो । उनलाई चिकित्सकले मृत घोषणा गरिसकेको दाहालले बताए । थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । पोष्टमार्टमपछि थप रहस्य खुल्ने डिएसपी दाहालको प्रतिक्रिया छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ