डा. ओम मूर्ति अनिललाई गृहजिल्लामा अभिनन्दन


काठमाडौं । डा. ओम मूर्ति अनिललाई गृह जिल्लामा अभिनन्दन गरिएको छ । महोत्तरीको वलवा नगरपालिकाले मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिललाई अभिनन्दन गरेको हो ।

वलवा नगरपालिका–१० धमौरामा आयोजित कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । साथै, उक्त कार्यक्रममा डा.ओम फाउन्डेशनको पनि शुभारम्भ गरिएको छ । ओम फाउन्डेशनको शुभारम्भको क्रममा मुटु शिविरसमेत सञ्चालन गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ