प्याउली स्कुलका पूर्वशिक्षक दानबहादुर राईको निधन


काठमाडौं । भोजपुरस्थित श्री शारदा माध्यमिक विद्यालय, प्याउलीका शिक्षक दानबहादुर बान्तवा राईको निधन भएको छ । ६८ वर्षीय राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि वीपी प्रतिष्ठानमा लाँदा गत २७ गते राई  दुःखद निधन भएको हो । चिकित्सकले औषधि चलाउन लापरबाही गर्दा उनको निधन भएको चर्चा समेत चलेको छ । तर, यसको पुष्टि भने भएको छैन । परिवारले पनि चिकित्सक लापरबाहीको विषयमा सार्वजनिक गरेको छैन ।

लामो समय प्याउली स्कुल पढाएका शिक्षकसेवी राईको निधनले शारदा माध्यमिक विद्यालय परिवार अन्त्यत मर्माहत भएको जनाएको छ ।

पूर्वशिक्षक राईको निधनमा श्री शारदा माध्यमिक विद्यालय प्याउली भोजपुर पूर्वविद्यार्थी समाजले पनि श्रद्धाञ्जली अर्पण गरेको छ । शिक्षाका क्षेत्रमा दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै पूर्वविद्यार्थी समाजले स्व. राईमाथि श्रद्धाञ्जली अर्पण गरेको हो । उनको निधनले आफूहरू दुःखित भएको पूर्वविद्यार्थी समाजले उल्लेख गरेको छ ।

श्री शारदा माध्यामिक विद्यालय प्याउलीका पूर्वशिक्षक स्व. राई पिता स्व. कर्णध्वज राई र माता स्व. मनमाया राईको कोखबाट २०१२ असार २७ गते जन्मिएका थिए । प्याउली बतासे निवासी राईको गत कार्तिक २७ गते निधन भएको हो ।

 

 

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #कर्णध्वज राई, #दानबहादुर राई, #निधन, #शिक्षक, #श्री शारदा मावि प्याउली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com