श्रीमती हत्या आरोपमा पूर्वप्रहरी भण्डारी पक्राउ


काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा अछामका शेरबहादुर भण्डारी पक्राउ परेका छन् । श्रीमती उर्मिला विष्टको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृतक उर्मिलाको माइती पक्षले शेरबहादुरको नाममा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो । नेपाल प्रहरीका पूर्वकर्मचारी समेत रहेका भण्डारी मदिरा सेवन गरी कुटपिट गरेको खुल्न आएको छ । मृतक उर्मिलाको टाउको र शरीरमा गम्भीर चोटपटक लागेको प्रहरीको भनाइ छ । शवको परीक्षणपछि घटनाको थप रहस्य खुल्ने प्रहरीको विश्वास छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ