एन्टिबायोटिक सचेतना सप्ताह सुरु 

पटक पटकको एन्टिबायोटिकले निको नभए पछि मात्रै अस्पताल पुग्छन् पशु


काठमाडौं । ३० वर्ष यता नयाँ एन्टिबायोटिक उत्पादन हुन नसकेपछि यती बेला विश्व तरङ्गीत भएको छ । पशु र मानव स्वास्थ्यका लागि एन्टिबायोटिकको प्रयोग कम गर्न विश्व समुदायले अनुरोध गरिरहेका छन् । सोही अनुरूप विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२३ सुरु भएको छ । 

सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म सचेतना सप्ताह मनाइदै आएको छ । यस सप्ताहबाट स्वास्थ्यमा पर्ने जोखिमको रोकथाम गर्न सबै क्षेत्रहरू र जनताले कसरी एक साथ काम गर्न सक्छौँ भन्ने अभियान र वकालत गर्ने उद्देश्य राखिएको छ । 

अधिकारीहरूले बताए अनुसार कृषि, पशु र मानवमा एन्टिबायोटिकको प्रयोग आवश्यकता भन्दा धेरै छ । आवश्यकता बिना एन्टिबायोटिकको प्रयोगले गर्दा आज विश्वभर आवश्यकता परेको खण्डमा एन्टिबायोटिकले काम गरेको छैन । 

पशु सेवा विभागकी उप निर्देशक प्रेरणा सेढाइ पशुहरूमा धेरै एन्टिबायोटिक प्रयोग भएको बताइन । उनले किसानहरूले सामान्य अवस्थामा पशुलाई अस्पताल नल्याउने र गम्भिर भएपछि मात्रै ल्याउने गर्दा समयमा निदान गर्न सम्भावना कम भएको स्पष्ट पारिने । उनले भनिन् पशु बिरामी हुँदा ३ – ४ पटक आफैले एन्टिबायोटिक दिने र त्यसपछि मात्रै उपचारका लागि अस्पताल ल्याउने गरेका छन् । आफै चिकित्सक हुने, पहिला किनेर ल्याएको औषधि अन्य पशुलाई दिने गर्दा एन्टिबायोटिक पशुमा पनि रेसिस्ट भएको छ सेढाइले थपिन । 

स्वास्थ्य मन्त्रालयकी बरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकारले पनि एन्टिबायोटिकको जटिल समस्या रोक्न सहयोग पुगोस् भन्ने उद्देश्यले सचेतना सप्ताह मनाइएको बताइन् । स्वास्थ्य मन्त्रलायले गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन कुमार उपाध्यायले पशु, जनावर, वातावरणमा एन्टिबायोटिक रेसिस्टेन्सको असर देखिन थालेको बताए । तथ्यांकमा नेपाल कमजोर भएपछि यसको असर देखिन थालेको उनको भनाइ छ । एन्टिबायोटिक रेसिस्टेन्सको दस्तावेज सरकारसँग बलियो भएको डा उपाध्यायले उल्लेख गरे । 

डा उपाध्याय भन्छन् एन्टिबायोटिकको ट्याबलेटले काम नगरेर इन्जेक्सन दिनुपर्ने अवस्था आएको छ । यसले बिस्तारै नेपालमा पनि मृत्यु बढाउदै लगेको छ उनले भने । एन्टिबायोटिक औषधिले काम नगर्दा लामो समय अस्पतालमा बस्नुपर्ने, औषधिहरू परिवर्तन गर्दै जानुपर्ने बाध्यता नागरिकमा देखिन थालेको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ