एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य ऋषि गैरेको निधन


काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य ऋषि गैरेको निधन भएको छ । हृदयघातका कारण आइतबार उनको ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

हृदयघातका कारण उनको निधन भएको एकीकृत समाजवादीका केन्द्रीय कार्यालयका मुख्यसचिव जिवनराम श्रेष्ठले जानकारी दिए । कार्यालयका मूख्यसचिव श्रेष्ठले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्व।गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ