ग्रान्डी अस्पतालमा शानदार ‘इन्ट्री’को तयारीमा डा. उपेन्द्र महतो


काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका मालिक डा. उपेन्द्र महतो ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शानदार ‘इन्ट्री’को तयारीमा रहेको खुल्न आएको छ । विश्वस्त स्रोतका अनुसार डा. महतोको समूहले ग्रान्डीको ५१ प्रतिशत सेयर खरिद गर्ने निश्चित भइसकेका छ ।

काठमाडौंको धापासीस्थित ग्रान्डीबाट अलग्गिएर ललितपुरको नख्खुमा नेपाल मेडिसिटी अस्पताल स्थापना गरेका डा. महतोको ग्रान्डीमा पुनरागमन हुन लागेको हो । उनको समूहले ग्रान्डीको बहुमत सेयर लिने तयारी भएसँगै यो विषय अहिले चर्चामा छ । ह्याम्सलगायतका अस्पतालले आईपीओ जारी गर्ने तयारी गरिरहँदा मेडिसिटीका मालिक उपेन्द्रले ग्रान्डीको सेयर खरिद गर्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल मेडिसिटीले राम्रै मुनाफा आर्जन गरेपछि डा. उपेन्द्रको समूहले ग्रान्डीको सेयर खरिद गर्न लागेको चर्चा समेत हुन थालेको छ । बिष्णुमति नदी मिचेर दिपक कुँवरलगायतले बनाएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल वेला-वेला विवादमा समेत तानिने गरेको छ । नख्खु खोला फर्काएर मेडिसिटी अस्पताल बनाएको आरोप खेपेका डा. उपेन्द्रले त्यस्तै प्रकृतिको अस्पताल लिन खोजेको पाइन्छ ।

नेपाली सेनाका पूर्व उच्च अधिकारीहरुको समेत उदृश्य लगानी रहेको भनेर चर्चामा आउने गरेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा डा. उपेन्द्रको शानदार ‘इन्ट्री’ हुन लागेको हो ।झापाको बिएण्डसी अस्पतालका मालिक दुर्गा प्रसाईले काठमाडौंमा राजसंस्था पुनःस्थापनाका लागि आन्दोलनको तयारी गरिरहँदा डा. उपेन्द्रको ग्रान्डीमा पुनरागमन हुन लागेको देखिन्छ ।

हटाइएको राजसंस्था फेरि ल्याउनका लागि सडक तताउनु र ग्रान्डी अस्पतालबाट हटेका डा. उपेन्द्र फेरि फर्कनुलाई केवल संयोग मात्र मान्न सकिन्छ । तर, डा. उपेन्द्रको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शानदार ‘इन्ट्री’ हुने चाहिँ लगभग पक्कापक्की जस्तै देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## नेपाल मेडिसीटी अस्पताल, #ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. उपेन्द्र महतो, #दीपक कुँवर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ