काठमाडौँको केडीसी अस्पतालमा आइकेयर सेन्टर सञ्चालन


काठमाडौं । मधुमेह पछि यसले आँखामा देखिने असर र त्यसको निदानमा कान्तिपुर डेन्टल कलेज जोडिएको छ । दन्त सेवामा मात्रै अब्बल लेखिएको कलेजले पछिल्लो समय स्वास्थ्य सेवाको दायरालाई समय सापेक्ष फराकिलो बनाउदै लगेको छ । हृदयघात, मिर्गौला फेल पछि डायवेटिक रेटिनोप्याथी समस्याका रुपमा देखिएको छ ।

स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गर्ने उदेश्यका साथ सन् २०१५ मा स्थापित बीएम फाउन्डेशनले सन् २०१७ देखि मधुमेहले आँखामा पार्ने असर अर्थात डायवेटिक रेटिनोप्याथी सम्वन्धी सचेतना र उपचार गर्दै आएको छ । उक्त अभियानलाई ताइवान प्रिभेन्ट व्लाइन्डनेश फाउन्डेशनले सहयोग गर्दै आएको छ ।

टीपीबीसँग स्याङ्जाको चापाकोटमा समेत सहकार्य गर्दै बीएम÷ टीपीवी फाउण्डेशनको नाममा आइकेयर सेन्टर सञ्चालन ल्याएको बीएम फाउन्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए । हालै उक्त सस्थाको सहकार्यमा काठमाडौँको केडीसी अस्पताल परिसरमा पनि आइकेयर सेन्टर सञ्चालनमा आएको छ ।

अध्यक्ष श्रेष्ठले काठमाडौँ उपत्यकाका तीन जिल्लासंगै, गण्डकी प्रदेशको कास्की र स्याङ्जा, लुम्बिनी प्रदेशको रुपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा आँखा उपचार तथा सचेतना सम्वन्धी शिविरहरु सञ्चालन गरिएको बताए । यसमार्फत १० हजार बढीले आँखा जाँच गराए, अवस्था बुझे, झण्डै डेढ सय बढीको मोतिविन्दुको शल्यक्रिया भएको छ । बीएम टीपीवी फाउन्डेशनले आगामी दिनमा काठमाडौँको आइकेयर सेन्टरको क्षमता बढाई धादिङ, नुवाकोट र रसुवामा पनि यो कार्यक्रम अघि बढाउने योजना रहेको श्रेष्ठले सुनाए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ