शिक्षामन्त्री राई कानको शल्यक्रियाका लागि शिक्षण अस्पताल भर्ना


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई कानको शल्यक्रियाका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनले आफ्नो गम्भीर शल्यक्रिया हुन लागेको जानकारी गराएका हुन् ।

शिक्षामन्त्री राईले एक हप्तासम्म सबैखाले सञ्चार र भेटघाट बन्द रहेको समेत जानकारी गराएका छन् । जनता समाजवादी पार्टी नेपाल का संघीय परिषद् अध्यक्ष समेत रहेका शिक्षामन्त्री राईको सोमबार कानको शल्यक्रिया हुन लागेको शिक्षण अस्पताल स्रोतले जनाएको छ । उनको कानमा समस्या देखिएपछि शल्यक्रिया गर्न लागिएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #शिक्षामन्त्री अशोककुमार राई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ