सीडीओ कोइरालाको वीर अस्पतालमा सरुवा


काठमाडौं । प्युठानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मदन कोइरालाको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सरुवा भएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन सचिवको भूमिकाबाट गृह मन्त्रालय हुँदै प्युठानको सीडीओ बनेका कोइराला वीर अस्पताल पुगेका हुन् ।

उपसचिव हुँदा लामो समय अख्तियार दुरुपयोग अनुसन्धान बसेका कोइरालाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत बसेर काम गरेका छन् । बागमती प्रदेशको पर्यटन सचिव रहँदा मेडिकल म्युजियम बनाउन प्रभावकारी भूमिका खेलेका उनी वीर अस्पताल पुगेका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की रहँदा सुरु भएको उक्त म्युजियम बनाउन समन्वय गरेका तत्कालीन पर्यटन सचिव कोइराला डा. लोचन न्याम्सको रेक्टर बन्दा फेरि सहकार्य गर्ने मौका पाएका छन् । बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको अग्रसरतामा नेपाल चिकित्सक संघले उक्त मेडिकल म्युजियम स्थापना भएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## वीर अस्पताल, #दिपेन्द्र श्रेष्ठ, #मदन कोइराला, #रेक्टर डा. लोचन कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com