देशभरबाट कोभिड विरुद्धको १० लाख खोप माग, काठमाडौंमा ४० लाख “खाल्डोमा”


काठमाडौं । कोरोना भाइरस कोभिड १९ विरुद्ध लगाइने खोपको माग अझै घटेको छैन । स्वास्थ्य सेवा विभागका अधिकारीहरुले बताए अनुसार अहिले पनि देशभरबाट १० लाख बढी डोज खोपको माग भएको छ । तर, काठमाडौंको एक खोप भण्डारणमा ४० लाख डोज खोप थन्किएको छ । उक्त खोप यसै महिनाको अन्तिममा खाल्डोमा पुरिदैछ ।

स्वास्थ्यकर्मीहरुले आवश्यकता नभएको भन्दै लिन अस्वीकार गरेको सिनोभ्याक–कोरोनाभ्याक खाल्डोमा हाल्ने भएको हो । चीन सरकारले जवरजस्त सहयोग गर्ने नाममा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल पठाएको थियो । उक्त खोप लिन सरकारले पटक पटक दवाव समेत दिएको थियो । स्वास्थ्यकर्मीले तीन पटक लिन नमिल्ने भन्दै टिप्पणी उठाएका थिए तर, अन्तिममा सफल भएन ।

देशमा काम नलाग्ने खोप लिन सरकारले चीनमा विशेष विमान नै पठाएको थियो । यो खोपले अस्पताल भर्ना दर ६४.६ प्रतिशत घटाउने र गम्भीर बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको थियो । यो १८ वर्षमाथिका नागरिकमा मात्र लगाउन मिल्ने खोप हो । तर, नेपालमा यस अगाडी नै कोभिसिल्ड र फाइजर, मोर्डोना, जोनसोन लगायतका खोपको पहिलो मात्रा दिइसकेकाले चीनबाट ल्याएको उक्त खोप लगाउन नमिलेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ