३६ औँ विश्व एड्स दिवस मनाइयो


काठमाडौं  । ३६ औँ विश्व एड्स दिवस मनाइएको छ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँएकाे हाे ।

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ। स्वास्थ्य     तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र रिकभरिङ नेपालले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाएको छ ।

सन् १९८१ मा पहिलो एचआइभी संक्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख जनामा संक्रमण भएको छ। संक्रमणका कारण ४ करोड ४ लाख जनाको मृत्यु भइसकेको छ। विश्वमा हरेक दिन ३ हजार ६०० मानिस एचआइभी संक्रमित हुने गरेका छन्।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन १ जना एचआइभीबाट संक्रमित हुने गरेको तथ्याङ्क छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ