टिकट र भर्ना कागजको अभावले सेवा प्रभावित हुँदैन : उपकुलपति बस्नेत


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सीमित मात्रै भर्ना टिकट र कागजपत्र रहेका छन् । समयमा खरिद हुन नसक्दा यो अवस्था आएको हो । धेरैले टिकट र भर्ना कागज नहुदा ओपिडि सेवा प्रभावित हुने अनुमान पनि लगाएका छन् । तर, यस्तो अवस्थाले सेवामा कुनै समस्या नहुने अधिकारीहरु बताउँछन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले टिकट अभावका कारण सेवा ठप्प नहुने बताए । ‘सप्लायर्सलाई पुरानो बक्यौता तिर्न बाँकी छ, बक्यौता दियौँ भने उसले कागज ल्याउँछ त्यसमा समस्या छैन । बिचबिचमा खरिद गर्न भनेर वीरमा छुट्टै रकम हुँदैन ।’, उनले भने ।
वीर अस्पतालमा दैनिक १५ देखि २ हजार जनाले ओपिडी सेवा लिन्छन् । अस्पताल प्रशासनले बिहान ८ बजेदेखि नै टिकट वितरण गर्दै आइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ