इन्दु घिमिरे सचिवमा बढुवा


काठमाडौं। सहसचिव इन्दु घिमिरे सचिवमा बढुवा भएकी छिन्। मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई सचिवमा बढुवा गरेर रक्षा मन्त्रालयमा पदस्थापन गरेको हो।

२०७१ सालमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकी घिमिरे लामो प्रतिक्षापछि सचिवमा बढुवा भएकी हुन्। नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेकी घिमिरे सचिव बन्न सफल भएकी छिन्। सचिवमा बढुवा हुनेबित्तिकै रक्षा मन्त्रालय पुगेकी हुन्। यो उनको अर्को सफलता हो।

सचिव बढुवाका लागि इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सिफारिस भएको थियो। एक नम्बरमा सिफारिस भएकी हुन्। घिमिरे सचिवमा बढुवा भएर रक्षा मन्त्रालयमा पदस्थापन भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक सहसचिव रिक्त भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ