काठमाडौं महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा कडाई


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरणमा कडाइ गरेको छ । महानगरपालिकाले सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण कडाई गरेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

महानगरपालिकाले विशेष गरी प्यालाष्टिकमा प्याक गरेका सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरणमा पूर्ण रुपमा बन्देज लगाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर क्षेत्रबाट सुरु भएको यो अभियान अहिले ३२ वटै वडामा लागू भएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको सक्रियतामा महानगरभित्र सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरणमा कडाई गरिएको हो । महानगरभित्रत्र ‘स्मोकिङ जोन’ तोक्न वडाध्यक्षहरुले लबिइङ गरिरहँदा बालेनले प्रतिबन्ध गर्न निर्देशन दिएका हुन् । उनको निर्देशन अहिले कार्यान्वयनको चरणमा पुगेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ